Kathmandu Press

पहुँचका आधारमा कर्जा लिएर नतिर्ने ७० सहकारीको फेहरिस्त सार्वजनिक

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बुधबार कर्जा तिर्न आउन ३५ दिने सूचना जारी गरेपछि थोक कर्जाको वास्तविकता बाहिरिएको हो। 
पहुँचका आधारमा कर्जा लिएर नतिर्ने ७० सहकारीको फेहरिस्त सार्वजनिक
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १० : ७० वटा सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेको तथ्य बाहिरिएको छ। यी सहकारीले कोषबाट थोक कर्जा लिएर नबुझाएका हुन्। 

यी सहकारीबाट २०७३ साल यता सात वर्षको कर्जा चुक्ता हुन बाँकी छ। २०७३ देखि ७५ सम्म कोषबाट कर्जा लिइएको थियो। तर कर्जा चुक्ता गर्नुपर्ने मितिमा पटकपटक ताकेता गर्दासमेत कर्जा चुक्ता नगरेपछि सहकारीहरुको सूचीसमेत प्रकाशित गरिएको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बुधबार कर्जा तिर्न आउन ३५ दिने सूचना जारी गरेपछि थोक कर्जाको वास्तविकता बाहिरिएको हो। 

अब उनीहरुले लामो समय देखिको सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनुपर्ने छ। ७० वटा सहकारीले पाँच लाखदेखि ४० लाखसम्म कर्जा चुक्ता गर्न बाँकी देखिएको छ।

तोकिएको समयमा रकम चुक्ता नगरेमा सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखिने कोषले जनाएको छ। ति सहकारीले राजनीतिक पहुँचका आधारमा कर्जा नतिरेका हुन्। 
 

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्