शरणार्थी प्रकरणमा सुरुमा सरकारको र त्यसपछि न्यायालयको परीक्षा हुन्छ : गगन थापा
शरणार्थी प्रकरणमा जोडिएर नाम आएकाहरु हेर्दा जिम्मेवारीमा रहेकाहरु एकपछि अर्को तानिँदै गएको र त्यो अवस्थाले लाज पनि लजाएको उनको भनाइ थियो।
काठमाडौं, जेठ १० : कांग्रेस सांसद गगन थापाले भुटानी शरणार्थी प्रकरणमा सुरुमा सरकारको र त्यसपछि न्यायालयको परीक्षा हुने बताएका छन्।
कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै शरणार्थी प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भनेर आम नागरिकले चासोका साथ हेरिरहेको बताए। उनले यस प्रकरणमा संलग्न भएका कोही पनि छुट्न नहुनेमा जोड दिए।
शरणार्थी प्रकरणमा जोडिएर नाम आएकाहरु हेर्दा जिम्मेवारीमा रहेकाहरु एकपछि अर्को तानिँदै गएको र त्यो अवस्थाले लाज पनि लजाएको उनको भनाइ थियो।
‘जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो, कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ।’
सरकारपछि न्यायालयले पनि न्यायको अनुभूति दिलाउनुपर्ने उनले बताए। ‘न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ,’ उनले भने।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


