Kathmandu Press

पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि छानबिन गर्न शिशिर खनालकाे माग

‘आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको समेत नाम जोडिएको छ। नो इफ नो बट सबैमाथि तुरुन्त छानबिन होस्।’
पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि छानबिन गर्न शिशिर खनालकाे माग

काठमाडौं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी नाम आएका सबैको आरोपितले दिएको बयानका आधारमा एक पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरेका छन्।

कुन पूर्वप्रधानमन्त्रीको को स्वकीय सचिव भन्ने नखुलाए पनि उनले राजेश बज्राचार्य लक्षित गरेको बुझ्न सकिन्छ। ओली पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव हुन्। उनले भने,  ‘आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको समेत नाम जोडिएको छ। नो इफ नो बट सबैमाथि तुरुन्त छानबिन होस्।’

यो प्रकरणमाथि अनुसन्धान सुरु हुँदा उत्साहित भए पनि अहिले उत्साह मर्दै गएको संकेत गरे।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फ्लिम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनुभएको ट्रेलरको आधारमा उत्साहित भइयो’ उनले थपे, ‘तर यो फ्लिमको दृश्य यति काँटछाँट गरिँदैछ कि फ्लिम त साह्रै बकबास हुन थालेको छ।’ काँटछाँट गरिएको फ्लिम हेरेर रास्वपा नबस्ने उनले बताए।

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्