Kathmandu Press

जडीबुटीलाई प्रोत्साहन गरेर निर्यात बढाई विदेशी मुद्रा आर्जन गर्नुपर्छ : नवनियुक्त मन्त्री महतो

बुधबार शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्। 
जडीबुटीलाई प्रोत्साहन गरेर निर्यात बढाई विदेशी मुद्रा आर्जन गर्नुपर्छ : नवनियुक्त मन्त्री महतो

काठमाडाैं, जेठ १० : नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बुधबार शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्। 

उनले अहिलेको आर्थिक संकटमा नेपालको जडीबुटी लगायतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए।

त्यस्तै वर्षौदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरि विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उहाले बताए।

मन्त्री महत्तोले वातावरणमा असर पार्ने उद्योगहरुलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरि सञ्चालनका लागि पनि आफुले पहल गर्ने जानकारी दिए।

प्रकाशित मिति: १२:४५ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्