Kathmandu Press

राष्ट्रपतिले नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : निधि

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको प्रमाणीकरणका लागि संवैधानिक र कानुनी बाधाअड्चन नभएको जिकिर गरे।
राष्ट्रपतिले नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : निधि

काठमाडौं, जेठ १० : कांग्रेस सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको प्रमाणीकरणका लागि संवैधानिक र कानुनी बाधाअड्चन नभएको जिकिर गरे।

संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको हुँदा सो विधेयक प्रमाणीकरण हुनुपर्नेमा निधिले जोड दिएका हुन्। प्रमाणीकरणका लागि कसैसँग कुनै परामर्शको जरुरत नरहेको उनले दाबी गरे।

 ‘सम्माननीय राष्ट्रपति,  प्रधानमन्त्री र मन्त्रीहरुको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको भनेर समाचार सुनें,’ उनले भने,  ‘यो नागरिकता विधेयक प्रमाणीकरण गर्न  कानुनी तथा संवैधानिक आधारहरु खोज्नुभएको छ अरे भनेर सुनें। म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नुभएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद् नै हुन्छ। अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन।’

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्