Kathmandu Press

शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष समिति बनाउन रवि लामिछानेकाे माग

लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाएका छन्।
शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष समिति बनाउन रवि लामिछानेकाे माग

काठमाडाैं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेका छन्।

लामिछानेले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाएका छन्।

‘यो अँध्यारो कोठा र गल्लीमा भएका क्रियाकलाप छ। बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन्। यहाँ कसलाई विश्वास गर्ने रु विश्वासको वातावरण बन्द भएको छ। संसदीय विशेष समिति बनाएर छानबिन होस् ‘, लामिछानेले  भनेका छन्। 

प्रतिनिधिसभा बैठकको सुरूमै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर अहिले भइरहेको छानबिन र अनुसन्धानप्रति आशंकासहित सदनमार्फत सरकारको ध्यानाकर्षण गएका छन्।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्