नेपाल वायु सेवाले पायो अष्ट्रेलिया उडानका लागि स्लट, हप्ता २ उडान भर्ने तयारी
विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ।
काठमाडाैं, जेठ १० : नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नी उडान प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाएको छ।
नेपाल वायु सेवा निगमले अष्ट्रेलियाको सिड्नी उडानका लागि स्टल पाएको छ। सातामा २ वटा उडानका लागि स्डिनी विमानस्थलले स्लट दिएको छ। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले जनाएको छ।
विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान भर्ने बताइएको छ।
उडानका लागि निगमले जिएसए छनोटलगायतका प्रक्रिया अगाडी बढेको छ। साथै निगमले अहिले जीएसए छयात्रुलाई खाजा (नास्ताका लागि क्याटरिङ कम्पनी छनोट प्रक्रियासमेत अगाडि बढाएको छ।
सिंगापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको छ भने सिंगापुर र सिड्नी विमानस्थलको लागि एमआरओ समेत छनोट गरिसकेको छ।
निगमले वाइडबडी मार्फत अष्ट्रेलियाको सिड्नी उडान गर्ने तयारी गरेको छ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


