Kathmandu Press

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा वनमन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराए।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, जेठ १० : नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा वनमन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराए।

kumari1684906290.jpg

दुवै जना जसपाबाट मन्त्री बनेका हुन्। प्रधानमन्त्री दहालले मंगलबार मन्त्री नियुक्त गरेका थिए।

योसँगै दाहाल नेतृत्वको सरकारले पूर्णता पाएको छ। दाहाल नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ।

प्रकाशित मिति: ११:१४ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्