कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बजेट अधिवेशनको आह्वान गरेका हुन्।
सुर्खेत, जेठ १० : कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखको कार्यालय आव्हान अनुसार आजबाट सुरु हुन लागेको हो।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बजेट अधिवेशनको आह्वान गरेका हुन्। जसअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने छ।
बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १०:४८ बजे, बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


