Kathmandu Press

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

काठमाडौं, जेठ १० : मन्त्रिपरिषद् बैठक आज पनि बस्दैछ।

मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

यसैबीच मंगलबार मात्रै सरकार ११ औं पटक विस्तार भएर मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो।

आजै साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिँदैछन्। 

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्