आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै
आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा दिउसो चार बजे उक्त संयुक्त बैठक बस्न लागेको हो ।
काठमाडौं, जेठ १० : आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा दिउसो चार बजे उक्त संयुक्त बैठक बस्न लागेको हो ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।
प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


