Kathmandu Press

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं, जेठ १० : बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर भूकम्पका धक्का गइरहेका छन् ।  

प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्