जनमत पार्टीले बोलायो केन्द्रीय समितिको बैठक
सरकार, गठबन्धन, संगठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न जेठ १२ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो।
काठमाडौं, जेठ ९ : जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
जनमत पार्टीले सरकार, गठबन्धन, संगठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न जेठ १२ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो।
पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि बैठक आह्वान गरिएको पार्टी सचिव अनिता साहले जानकारी दिइन्।
जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


