Kathmandu Press

ए डिभिजन लिग : मार्टिन्सले टारे संकटाको संकट

काठमाडौं, माघ १९ : विदेशी खेलाडी अजयी मार्टिन्सले निर्णायक गोल गरेपछि संकटा क्लबले ए डिभिजन लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ।

आइतबार द....

ए डिभिजन लिग : मार्टिन्सले टारे संकटाको संकट

काठमाडौं, माघ १९ : विदेशी खेलाडी अजयी मार्टिन्सले निर्णायक गोल गरेपछि संकटा क्लबले ए डिभिजन लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ।

आइतबार दशरथ रंगशालामा भएको पहिलो खेलमा मार्टिन्सको गोलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १–० ले हरायो। हिमालयन शेर्पाविरुद्धको साँघुरो जितसँगै संकटाले शीर्ष ६ भित्र पर्ने आशालाई जिवितै राखेको छ।

गत सिजनको उपविजेता संकटा १० खेलमा ४ जित र समान ३ बराबरी खेल्दै १५ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा भने ७ अंक जोड्दै १२ औं स्थानमा छ ।

लिगमा २२ अंक जोड्दै मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ भने २० अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो र १९ अंक जोडेको डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छन्। आर्मी र मनाङले एक खेल कम खलेका छन्। 

प्रतिस्पर्धात्मक खेलमा मार्टिन्सले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। उनले क्षितिज राजको पासमा गोल गरेका थिए। मार्टिन्स खेलको म्यान अफ दी म्याच घोषित भए। 

खेलमा बल पोजेसन राम्रो बनाए पनि हिमालयन शेर्पाले संकटाको पोस्टमा राम्रो आक्रमण गर्न सकेन। उसले खेलमा एक सटमात्र टार्गेटमा प्रहार गरेको थियो। यता, संकटाको भने चार सट टार्गेटमा थियो। 

आइतबार नै दोस्रो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, माघ १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्