Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंमा मंगलबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित सबैलाई थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, जेठ ९ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंमा मंगलबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित सबैलाई थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

नक्कली शरणार्थी प्रकरणमा रायामाझी, खाण र पाण्डेसहित कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन्।

यस्तै, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, खाणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परेका छन्।

यो प्रकारणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकसहित दुई जना आरोपित फरार छन्।

प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्