राष्ट्रिय सभाबाट पारित भयो नीति तथा कार्यक्रम
जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो।
काठमाडाैं, जेठ ९ : सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ।
जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभामा ४ दिनसम्म चलेको नीति तथा कार्यक्रममाथिको छलफलपछि सदस्यहरुले उठाएका प्रश्नको मंगलबार प्रधानमन्त्रीले जावाफ दिएका थिए।
प्रधानमन्त्रीले राष्ट्रिय सभासदस्यहरुको प्रश्नको जवाफ दिइसकेपछि राष्ट्रिय सभा अध्यक्ष नीति तथा कार्यक्रमलाई बैठकमा निर्णयार्थ पेश गरेका थिए।
केही सांसदहरूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्ने आस्वासन दिएका छन्।
प्रधानमन्त्री दहालले आश्वासन दिँदै भने, ‘अहिलेको नीति तथा कार्यक्रम गन्तव्यविहीन छैन। यसले गठबन्धनको साझा आवाज बोक्न सकेको छ। यो नीति तथा कार्यक्रम कल्पनाको पुलिन्दा होइन। कार्यान्वयन योग्य विषय र सूची यसमा समावेश छ। सरकारले यसलाई कार्यान्वयन गर्न सक्छ।’








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


