कीर्तिमानी आरोही बुढामगरलाई राष्ट्रपतिको बधाई
राष्ट्रपति पौडेलको तर्फबाट मंगलबार राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिपुत्री अवज्ञा पौडेलले राष्ट्रपति कार्यालयमा बुढामगरलाई बधाई सन्देशसहितको प्रमाणपत्र हस्तान्तरण गरका थिए।
काठमाडौं, जेठ ९ : राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका हरि बुढामगरलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलको तर्फबाट मंगलबार राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिपुत्री अवज्ञा पौडेलले राष्ट्रपति कार्यालयमा बुढामगरलाई बधाई सन्देशसहितको प्रमाणपत्र हस्तान्तरण गरका थिए।
ब्रिटिस गोर्खामा कार्यरत रहँंदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। बुढामगरको लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको स्रोत हुने विश्वास राष्ट्रपति पौडेलको बधाई सन्देशमाउल्लेख छ।
‘घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवं सरल बनाउँदै सगरमाथा आरोहणजस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईँंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो।’ राष्ट्रपति पौडेलले बधाई सन्देशमा भनेका छन्।
शारीरिक रुपमा समस्यामा हु्नेहरु सबै क्षेत्रमा कमजोर हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै अन्य व्यक्तिहरुमा पनि आत्मविश्वास जगाउन बुढामगरको कदम उदाहरणीय बनोस् भन्ने कामना पनि यसैगरी राष्ट्रपति पौडेलले गरेका छन्।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


