Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको अनुसन्धान सरकारी वकिल कार्यालयमा

अपराधका आधारमा फरक फरक अभियोग सिफारिस गरिएको छ। कतिपयलाई केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको अनुसन्धान सरकारी वकिल कार्यालयमा

काठमाडौं, जेठ ९ : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ।

प्रतिवेदन अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा ३२ जना ठगीमा मुछिएका छन् । प्रहरीले ठगी, संगठित अपराध, लिखतसम्बन्धी कसुर (कीर्ते) मा मुद्दा चलाउन सरकारी वकिललाई सिफारिस गरेको छ।

अपराधका आधारमा फरक फरक अभियोग सिफारिस गरिएको छ। कतिपयलाई केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ।

प्रहरीले १६ जनालाई फरार प्रतिवादी जनाउँदै प्रतिवेदनमा समावेश गरेको छ । ठगीमा ए सय ६ पीडितबाट २४ करोड रुपैयाँ भन्दा बढी ठगी भएको आरोपमा जाहेरी परेको थियो।

जाहेरीका आधारमा प्रहरीले नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

यसैगरी विचौलियाका रुपमा भूमिका खेलेको आरोपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् ।

 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्