Kathmandu Press

कीर्तिमानी आरोही बुढामगरलाई भव्य स्वागत

पर्यटनमन्त्रीसहितको सरकारी टोली तथा सर्वसाधारणले कीर्तिमानी आरोही बुढामगरलार्य खादा र मालाले अभिनन्दन गरेका थिए। सो क्रममा पर्यटनमन्त्री किरातीले बुढामगर खादासँगै ढाका टोपी लगाइदिएका थिए।
कीर्तिमानी आरोही बुढामगरलाई भव्य स्वागत

काठमाडौं, जेठ ९ : कीर्तिमान आरोही रोल्पाका हरि बुढामगरलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।

कृत्रिम खुट्टाको सहायताले सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका बुढामगरलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किरातीमंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पुगेका थिए।

पर्यटनमन्त्रीसहितको सरकारी टोली तथा सर्वसाधारणले कीर्तिमानी आरोही बुढामगरलार्य खादा र मालाले अभिनन्दन गरेका थिए। सो क्रममा पर्यटनमन्त्री किरातीले बुढामगर खादासँगै ढाका टोपी लगाइदिएका थिए।

hari1684832136.jpg

रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए। विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको भाग गुमेको थियो।

बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।

hari 11684832134.jpg

झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो ।

hari21684832134.jpg

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्