‘संघीयता विरोधी नीति तथा कार्यक्रम देखेर आश्यर्चचकित छु’
‘संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम ल्याइएन । यसबाट म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले यो नीति तथा कार्यक्रमा जुन ल्याएको छ‚ त्यो संघीयता विरोधी देखिएको छ।’
काठमाडौं, जेठ ९ : जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकार ल्याए। ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममको छलफलमा भाग लिँदै अध्यक्ष राउतले माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले संघीयता विरोधी नीति तथा कार्यक्रम ल्याएको देखेर आफू आश्चर्यचकित परेको बताए।
नीति तथा कार्यक्रममा संघीयतालाई सबल बनाउने कार्यक्रम नएको उनले बताए। ‘संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम ल्याइएन । यसबाट म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले यो नीति तथा कार्यक्रमा जुन ल्याएको छ‚ त्यो संघीयता विरोधी देखिएको छ।’
उनले सरकारको नीति तथा कार्यक्रममा तीन पटक मात्रै संघीयता शब्द उल्लेख गरिएको र यसलाई प्राथमिकता नदिइएको बताए। ‘नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केबल ३ पटक संघीयताको उल्लेख गरिएको छ,’ उनले भने, ‘संघीयताको उच्चारण तीन पटक गर्दाखेरि एकचोटी प्रस्तावनामा गरिएको छ, एकचोटी उपसंघारमा गरिएको छ र एकचोटी मात्रै मूल पाठमा गरिएको छ।’
संघीयता कार्यान्वयनप्रति सरकार र नीति निर्माता गम्भीर हुनुपर्ने राउतले बताए । ‘कुनै ठोस कार्यक्रम संघीयताको बारेमा आएको छैन । यसप्रति सरकार र नीति निर्माताहरू गम्भीर हुनु जरुरी छ,’ सांसद् राउतले भने, ‘संघीयताका विभिन्न मुद्दाहरू प्रदेश प्रहरी, कर्मचारी समायोजनको विषयलाई ठोस रूपमा पहल हुनुपर्दछ।’
संघीयताको कार्यान्वयनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता उनले औंल्याए । बुँदा ११ मा मधेस प्रदेशलाई प्राथमिकता दिइएकामा उनले खुसी समेत व्यक्त गरे।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


