मन्त्रिपरिषद् विस्तार, जसपाबाट वीरेन्द्रप्रसाद महतो मन्त्री र प्रमिला कुमारी राज्यमन्त्री बने
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका छन्।
काठमाडौं, जेठ ९ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
प्रधानमन्त्री दाहालले जनता सामाजवादी पार्टी (जसपा)का २ जनालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। जसमा एकजना मन्त्री र एक जना राज्यमन्त्री बनेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयकाे जिम्मा दिएका छन् भने प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका छन्।
यसअघि दाहाल नेतृत्व सरकारमा जसपाका अशोक राई शिक्षामन्त्री बनेका थिए।
प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


