आहा रारा गोल्डकप फुटबल प्रतियोगिता फागुन अन्तिम साता
काठमाडौं, माघ १९ : आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८ औं संस्करण फागुन अन्तिम साताबाट सुरु हुने भएको छ।
आयोजक साहारा क्लबको ....

काठमाडौं, माघ १९ : आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८ औं संस्करण फागुन अन्तिम साताबाट सुरु हुने भएको छ।
आयोजक साहारा क्लबको आयोजनले गर्दै आएको प्रतियोगिताको १८ औं संस्करण फागुन २२ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विदेशी क्लब, ए डिभिजन क्लब, मोफसलका टिम र आयोजक साहारा क्लब पोखरा गरी १० टिम सहभागी हुनेछन्।
आइतबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता सञ्चालनका लागि करिब ९९ लाख ३८ हजार ५ सय रुपैयाँ लाग्ने जनाएको छ। साथै क्लबले १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य समेत लिएको छ।
साहारा क्लबले विगत १९ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ। वि.संं २०५८ मा क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता दोस्रो वर्षदेखि आहा रारा गोल्डकपको नामबाट हुँदै आएको छ।
थ्रीस्टार क्लब प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। उसले फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको थियो। आहा रारा गोल्डकप नेपाल पुलिस क्लबले सर्वाधिक ६ पटक जितेको छ भने मनाङ मर्स्याङ्दी र थ्रीस्टारले समान पाँच–पाँच पटक जितेका छन्।











