माओवादी मधेश सरकारबाट बाहिरिने
मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
धनुषा, जेठ ९ : केन्द्र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
मुख्यमन्त्री यादवले सोमबार मात्र कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाएका छन्। नेकपा एसका संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री बने पनि मन्त्रालय भने तोक्न बाँकी छ।
मन्त्रिपरिषद् विस्तार लगत्तै बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मधेश सरकारबाट बाहिरिने निर्णय गरेको बताइएको छ। आफ्नो मागअनुसार मन्त्रालय नपाउने देखेपछि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको बताइएको छ।
मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर, बैठकमा सहमति जुटेको थिएन।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)


