Kathmandu Press

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे

सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको बताए।
नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे

काठमाडौं, जेठ ९ : नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गरे।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद पाण्डेले अहिलेको सरकारले भ्रष्टाचारको छानबिनलाई अगाडि बढाएको, कृषिलाई प्राथमिकता दिइ उत्पादनलाई बढाउने सम्भावना रहेको बताए।

उनले पर्यटनको विकास र जनताका आकांक्षालाई सम्बोधनका लागि नीति तथा कार्यक्रमले बाटो खोलेकाले आपसी छेडछाड नगरी कामका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए।

उन जनताको संघर्ष र बलिदानबाट आएको संघीय गणतन्त्रलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने सोच नीति कार्यक्रममा रहेको र समाजवादको आधार निर्माण गर्ने आधार सिर्जना गरेको टिप्पणी गरे।

 

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्