नीति तथा कार्यक्रममा स्वर्णिम वाग्ले भन्छन्– यो परम्परा धान्न ल्याइएको दस्तावेज मात्र हो
‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ। १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो,’ उनले भने।
काठमाडौं, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्पराको निरन्तरता भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले १० वर्षभन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम आइरहेको भन्दै यो कार्यक्रममा धेरै आलोचनात्मक भइरहनु आवश्यक नभएको उनले उल्लेख गरे।
‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ। १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो,’ उनले भने। उनले नीति तथा कार्यक्रममा नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्न सक्ने अस्था भएको बताए।
नीति तथा कार्यक्रमलाई सत्तापक्ष र प्रतिपक्षबीच भएको वादविवादमा पनि उनले असहमति जनाए । उनले भने, ‘सत्तापक्षले गजबको भिजन बोकेको भनेको छ र अर्को पक्षले अल्छी विद्यार्थीले हतारमा लेखेको शब्दको थुप्रोजस्तो भनेको छ । तर, आफूहरु यो दुबै पक्षमा असहमत छैनौं।
डा. वाग्लेले नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र हुने त होइन भन्ने शंका सबैको मनमा रहेको बताउँदै रास्वपा रचनात्मक प्रतिपक्षी भएकाले त्यसको विरोध मात्र नगर्ने बताए।
‘कर्मकाण्डमा सामेल भएका छैनौं भन्ने सबैलाई लागेको छ। फुलस्पट, कमा पनि सरकारले नचाहेसम्म परिवर्तन नहुने हो कि भन्ने छ। राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ,’ उनले भने ।
सत्ता पक्षले नचाहेसम्म नीति तथा कार्यक्रम र बजेटमा परिमार्जन नहुने भन्दै उनले हालको प्रचलनमा क्रमभंगता गर्न जरुरी भने रहेको बताए।
वाग्लेले बजेट अधिवेशन नीति तथा कार्यक्रमबाट सुरु गर्न र बजेटको सिद्धान्त र प्राथमिकतालाई बजेट वक्तव्यमै समावेश गर्न सरकारलाई सुझाव दिए।











![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)