सांसद् गाेकुल बास्काेटाले भने- सत्यनारायाणको पुजाको प्रसादजस्तो सरकारले मल नबाँडोस्
‘लाइन लागेर भोट हाल्दै गर्दा जनताले सोधेका थिए– मलमा लाइन लाग्नु पर्छ कि पर्दै ? म सोध्न चाहन्छु सरकारलाई सत्यनारायणको पुजाको प्रसादीजस्तो १५ केजी, ५ केजी मल बाँडेर सरकार नहिँडोस्, म यही देख्न चाहन्छु,’ उनले भने।
काठमाडाैं, जेठ ९ : एमाले सांसद् गोकुल बास्कोटाले सत्यनारायाणको पुजाको प्रसादजस्तो किसानलाई मल नबाँड्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद उनले सत्यनारायाणको पुजाको प्रसादजस्तो १०–१५ किलो मल नबाँड्न सरकारलाई अग्रह गरेका हुन्।
‘लाइन लागेर भोट हाल्दै गर्दा जनताले सोधेका थिए– मलमा लाइन लाग्नु पर्छ कि पर्दै ? म सोध्न चाहन्छु सरकारलाई सत्यनारायणको पुजाको प्रसादीजस्तो १५ केजी, ५ केजी मल बाँडेर सरकार नहिँडोस्, म यही देख्न चाहन्छु,’ उनले भने।
सांसद बास्कोटाले आफूहरुले भाइब्रेन्ट डेमेक्रेसी चाहेको बताउँदै गाइडेन्ट डेमेक्रेसी नचाहिएको बताए। ‘हामीलाई भाइब्रेन्ट डेमेक्रेसी चाहिएको छ, गाइडेन्ट होइन,’ उनले भने, ‘त्यसोभए तयार हुनुहुन्छ ३३ प्रतिशत महिलालाई डाइरेक्ट इलेक्सनमा लैजानका निम्ति यो संसदमा छलफल गर्ने कि नगर्ने ?’
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राम्रोसँग छलफल हुन नसकेको बाँस्कोटाको भनाइ थियो । उनले नीति तथा कार्यक्रममाथि वादविवाद, बहस, संवाद हुन नसकेको र सुधारको गुन्जायस नरहेको बताए । सत्तापक्षका कारण त्यस्तो हुन नसकेको उनको भनाइ थियो।
‘सत्तापक्षले सुन्ने धीरता राख्ला भन्ने बुझाइ थियो। तर, हिजो अस्तिका कुराहरू सुनिरहँदा सत्तापक्ष आफ्नो कमजोरी लुकाउनका लागि प्रतिपक्षको तेजोवध गर्ने र तीव्र प्रतिवादमा उत्रिने उल्टो बाटोमा हिँडेको देखियो,’ उनले भने।
यस्तै, बास्कोटाले सत्तापक्षका सांसदहरूमा तथ्यको खडेरी परेको बताए। उनले नीति तथा कार्यक्रम सरकारको नेतृत्व गरिरहेको माओवादी र सत्ताको प्रमुख घटक कांग्रेसका नीतिको विरोधाभाषमा रुमल्लिएको बताए।











![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)