संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्त गर्न कांग्रेस सांसदको माग
‘संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेनन्। जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाँती छन्। चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस्।’
काठमाडौं, जेठ ९ : कांग्रेस सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्त गर्न पनि माग गरेका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले भने, ‘संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेनन्। जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाँती छन्। चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस्।’
यस्तै, सांसद खतिवाडाले शुन्य समयको नाम परिवर्तन गरेर ‘मन्त्रीले सुन्ने समय’ राख्न पनि माग गरे। उनले शुन्य समयमा उठाएका विषय प्रभावकारी हुन नसकेको गुनासो उनले गरे ।
उनले भने, ‘शून्य समयलाई जिरो समयका रूपमा होइन, यसको नामकरण गरेर मन्त्रीले सुन्ने समय राखियोस्, नभए यो जिरो हुने भयो।’
प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)