‘भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो?’
मंगलबार प्रतिनिधिसभको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुर जानकी मन्दिरको टायल, बिजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको बताउँदै यस्तो प्रश्न गरेका हुन्।
काठमाडौं, जेठ ९ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनीष झाले आफूहरुले उठाएको भ्रष्टाचारको कुराको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधिसभको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुर जानकी मन्दिरको टायल, बिजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको बताउँदै यस्तो प्रश्न गरेका हुन्।
‘सदनमा ४ पटक जानकी मन्दिरको टायल, बिजुलीबत्ती जडानमा भएको भ्रष्टाचारको प्रसंग उठाइसकें, जवाफ मागिसकें । तर, सरकारले यसको जवाफ दिँदैन,’ उनले भने ।
सत्तापक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता भएको बताउँदै उनले आफूहरुलाई त्यही भन्न खोजिएको हो त्यसका लागि आफूहरु तयार भएको उनले बताए । उनले भने, ‘गएर अनसन बस, अनि जवाफ पाउँछौं भन्ने हो भने हामी तयार छौं ?’
प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)