Kathmandu Press

नयाँघरेलाई ‘दीपा जनमत’ सम्मान

जनमत मासिकको विशेष कार्यकक्षमा चर्चित निबन्धकार–नियात्राकार युवराज नयाँघरे सम्मानित भएका छन्।
नयाँघरेलाई ‘दीपा जनमत’ सम्मान

काभ्रे, जेठ ८ : जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले एक विशेष साहित्यिक समारोहको आयोजना गरी सम्मान अर्पण गरेको छ । जनमत मासिकको विशेष कार्यकक्षमा चर्चित निबन्धकार–नियात्राकार युवराज नयाँघरे सम्मानित भएका छन्।

निबन्धकार नयाँघरेलाई प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले दीपा जनमत सम्मान प्रदान गरेका थिए । नगद, सम्मानपत्र, दोसल्ला, जनमत पदकसहित प्रतिष्ठानबाट प्रकाशित मानक ग्रन्थहरु उपहारका रुपमा प्रदान गरिएको थियो।

Hardik ivf

समारोहमा सम्मान अर्पण गर्दै प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले निबन्धकार नयाँघरेको सिर्जनशील साहित्यिक गति र योगदानबारे चर्चा गरेका थिए। उनले भने– ‘ओझेल परेको निबन्ध विधालाई  विशेष उचाइ दिनमा नयाँघरेको उल्लेखनीय योगदान छ।’

समारोहमा प्रतिष्ठानका सदस्यहरु भारती श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, रामसुन्दर देउजा, सोमकाजी शाक्य, श्रीकृष्ण श्रेष्ठ लगायतले नेपाली साहित्य, सम्मानित श्रष्टाबारे  आफ्नो मन्तव्य राखेका थिए।

सम्मानित लेखक नयाँघरेले ञनयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गरेर जनमत वाङ्मय प्रतिष्ठानले सराहनीय काम गरेकोझ धारणा राखेका थिए । उनले भने– ञगुटभन्दा माथि उठेर यो प्रतिष्ठानले ज्यादै रचनात्मक कार्यलाई आफ्नो लक्ष्य राखेको छ, यसले नेपाली साहित्यको गुणात्मक पक्षलाई सघाउ पुग्नेको छ।

दीपा जनमत सम्मान यस अघि निकै विशिष्ट साधकहरुले प्राप्त गरिसकेका छन् । मदन पुरस्कारबाट समेत पुरस्कृत  नयाँघरे अन्य धेरै सम्मान र पुरस्कारबाट समेत सम्मानित भैसकेका छन्।

 

प्रकाशित मिति: ११:२० बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
चर्चित गीतकार एलपी जोशीको निधन
चर्चित गीतकार एलपी जोशीको निधन