Kathmandu Press

मधेश सरकारमा सहभागी हुँदै कांग्रेस

कांग्रेसका तर्फबाट मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव र प्रदेश कोषाध्यष वीरेन्द्रकुमार सिंह मन्त्री बनेका छन्।
मधेश सरकारमा सहभागी हुँदै कांग्रेस

धनुषा, जेठ ९ : नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ। दुई मन्त्रालयसहित कांग्रेस जसपा नेतृत्वको मधेश सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेसका तर्फबाट मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव र प्रदेश कोषाध्यष वीरेन्द्रकुमार सिंह मन्त्री बनेका छन्।

यादव भौतिक पूर्वाधार विकास मन्त्री बन्ने छन् भने सिंहले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरुले आजै दिउँसो १ बजे शपथ लिने बताइएको छ।

२ मन्त्रालयसहित सरकारमा सहभागी भएको कांग्रेसले थप २ मन्त्रालय मागेको छ। थप २ मन्त्रालय नपाउने अवस्थामा उसले सभामुखमा आफ्नो दाबी रहने बताउँएको छ। मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन्।

प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्