चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ।
काठमाडौ, जेठ ९ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ । कोशी, बागमती , गण्डकी र मधेस प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: ०७:५२ बजे, मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)