Kathmandu Press

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । 
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं, जेठ ९ : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०,०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  
 
प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्