Kathmandu Press

युगकवि सिद्धिचरणको ११२औँ जन्मजयन्ती : शालिकमा माल्यार्पण

गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री किरातीले विसं १९९७ मा युगकविले क्रान्ति विना शान्ति हुँदैन भन्ने कविता लेखेवापत १८ वर्ष जेलजीवन बिताएको बताए।
युगकवि सिद्धिचरणको ११२औँ जन्मजयन्ती : शालिकमा माल्यार्पण

काठमाडाैं, जेठ ८ : युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँ न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काँइला, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, प्रदेश सांसदलगायत सयौँ नेपाली साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वको उपस्थिति रहेको थियो।

Hardik ivf

गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री किरातीले विसं १९९७ मा युगकविले क्रान्ति विना शान्ति हुँदैन भन्ने कविता लेखेवापत १८ वर्ष जेलजीवन बिताएको बताए।

नेपाली राजनीतिमा परिवर्तन ल्याउन उनको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीले बताउनुभयो। युगकवि जस्तै आजको युगले पनि अर्को साहित्यकार मागिरहेको उनको भनाइ थियो। 

युगकविको जन्म विसं १९९७ जेठ ९ गते भएता पनि युगकविको जन्मजयन्तीलाई जेठ ८, ९ र १० गते गरी तीन दिन मनाइने गरेको छ।

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्