Kathmandu Press

देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गरिएको छ : ओली

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बद्नाम गर्ने प्रवृति देखापरेको जिकिर गरे। ओलीले एमाले सरकारले ५/७ दशकमा हुन नसकेको विकास गरेर देखाएको दाबी गरे।
देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गरिएको छ : ओली

काठमाडाैं, जेठ ८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन्।

नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विचोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुदा पारदर्शीताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताएका हुन्।

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बद्नाम गर्ने प्रवृति देखापरेको जिकिर गरे। ओलीले एमाले सरकारले ५/७ दशकमा हुन नसकेको विकास गरेर देखाएको दाबी गरे।

योजना समयमा नै पुरा गर्ने र असाधारण बिकासको गति ल्याउदा पनि धर नपाएको उनको भनाइ छ। ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्