लुम्बिनीका तीन मन्त्रीले लिए शपथ
सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
दाङ, जेठ ८ : लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
सोमबार नयाँ मन्त्रीको रुपमा नेपाली काँग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री,जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।
त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएईको छ। यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन्।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा.डा. बुद्धबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।











