Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

काठमाडाैं, जेठ ८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जाहेरीमा रु २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ।

उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो।

कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ। त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताए। 

उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। केही व्यक्ति फरार छन्।

केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उनको भनाइ छ। गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो। 

प्रकाशित मिति: १७:३० बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्