जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव
जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले उनलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन गरेकाे हाे।
काठमाडौं, जेठ ८ : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतिबाट चयन भएका छन्।
जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले उनलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन गरेकाे हाे।
यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए। उनी उपराष्ट्रपतिमा बनेपछि संसदीय दलको नेता काेही थिएनन्।
गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्यको उपनिर्वाचन यादव बारा २ बाट सांसद जितेका थिए।
प्रकाशित मिति: १६:४५ बजे, सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार