Kathmandu Press

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

इच्छाकामना गाउँपािलका ६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो। 
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

काठमाडाैं, जेठ ८ : नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। 

इच्छाकामना गाउँपालिका ६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ। 

प्रकाशित मिति: १५:४९ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्