नीति तथा कार्यक्रम सकारात्मक छ, याे कागजकाे खाेस्टाे हाेइन : अध्यक्ष नेपाल
इमानदारी अभाव र मेहनत गर्ने प्रवृतिमा कमी आउँदा नेपाली अर्थतन्त्रमा समस्याहरु देखा परेका उनको भनाइ थियो छ।
काठमाडौं, जेठ ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रले भोगिरहेका विभिन्न समस्याबारे चर्चा गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले अराजकताकै कारण मुलुकमा भ्रष्टाचार मौलाएको उल्लेख गरे। इमानदारी अभाव र मेहनत गर्ने प्रवृतिमा कमी आउँदा नेपाली अर्थतन्त्रमा समस्याहरु देखा परेका उनको भनाइ थियो छ।
देशको अर्थतन्त्रमा देखिएका समस्यालाई १५ वटा बुँदामा समेटे। यस्ता मस्याहरुलाई समाधान गर्दै मुलुकको समग्र विकासमा सबै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।
उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको दाबी गरे। ‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन। कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन। यसका लागि छलफलको आवश्यकता पर्छ। सुझाव सल्लाह पनि चाहिन्छ। यो नीति तथा कार्यक्रम पोजेटिभ छ। देशको समस्यालाई समाधान गर्न सक्छ।’
अहिलेको देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए। उनले मन्त्री भइसकेका, प्रधानमन्त्री बनिसकेका तथा सदनमा रहेका समग्र बौद्धिक व्यक्तित्व, सामाजिक अभियन्ताहरु यो देशको हितको रक्षा गर्ने एकसेएक योद्धा भएको उल्लेख गरे। ‘यी जम्मैको ज्ञान, बुद्धि र अनुभवलाई संगाल्ने हो भने के हामी यो देश बनाउन सक्दैनौं?’ उनले भने, ‘अवश्य सकिन्छ।’
अध्यक्ष नेपालले १. न्युन आर्थिक वृद्धि, २. उच्च मुद्रा स्फति, ३. मूल्यवृद्धि, ४. जनशक्ति पलायन, ५. लगानी न्यू, ६. न्यून पुँजीगत खर्च, ७. तरलताको संकुचन, ८. घट्दाे राजश्व परिचालन, ९. उच्च ब्याजदर, १०. बाह्य क्षेत्रको सन्तुलन चाप ११. भुक्तानी शृंखला टुट्नु, १२. जमिनहरुको बाँझो हुँदै जाने समस्या, १३. खाद्यय संकटको नजिक, १४. योजनाको उचित छनोटमा समस्या, १५. योजनाको प्राथमिकतामा समस्या औंल्याए।
सरकारको कार्यक्रममार्फत देशका सामु देखिएका समस्या पहल्याएको र समाधानको बाटो अघि सारेको उनले बताए। उनले अर्थतन्त्रको पुर्नउत्थान गर्ने, सुशासनको विषय, विकास निर्माण कार्यक्रममा तीव्रता, राष्ट्रिय हितको सम्वद्र्धन गर्ने लक्ष्य लगाएतका उदेश्य सकारत्मक रहेको जिकिर गरे।
अध्यक्ष नेपालले कुनै पनि दस्तावेजहरु पूर्ण नहुने भन्दै सवैको सुझावलाई मध्यनजर गरि पूर्ण बनाउन सुझाव दिए। उनले यसअघि बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो भनेर समिक्षा गर्नुपर्ने भन्दै एकअर्का प्रति घोचपेच गरेर केहि नहुने बताए। व्यक्तिवादी रोग र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृतिबाट मुक्त भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले भ्रष्टाचारको जाँलोलाई तोड्नका लागि इमान्दार र लगनशिल भएर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
उनले देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा चूनौति देखिएको भन्दै यसमा राजनीति दलहरु र जनताले विश्वास गरेका प्रतिनिधिहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।











