Kathmandu Press

ओलीलाई लक्ष्ति गरेर नेपालले भने– आफ्नो हातबाट सरकार फुत्कियो भनेर अरुको सत्तोसराप गर्नुहुन्न

यो व्यक्तिवादको रोग हो। आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। याे अरूकाे अवमूल्यन गर्ने प्रवृत्ति हो, आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो यो।’  
ओलीलाई लक्ष्ति गरेर नेपालले भने– आफ्नो हातबाट सरकार फुत्कियो भनेर अरुको सत्तोसराप गर्नुहुन्न

काठमाडाैं, जेठ ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार आफ्नो हातबाट फुत्कियो भनेर अरुको सत्तोसराप गर्न नहुने भन्दै घोचपेच गरेका छन्।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर भने, ‘सरकार आफ्नो हातबाट फुत्कियो। यसका निम्ति अरुलाई सत्तोसराप गरेर हुदैन। सबभन्दा पहिले आफूभित्र के कमजोरी छ, त्यसको समिक्षा गरौं, पहिचान गरौं, सुधार गरौं।’  

उनले आफ्नो पीडा,व्यथा पोखेर र अरूलाई दोष दिएर मात्रै नहुने बताउँदै उनले भने,  ‘यो व्यक्तिवादको रोग हो। आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। अरूकाे वमूल्यन गर्ने प्रवृत्ति हो। आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो यो।’  

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इमान्दार र लगनशीलताका साथ अघि बढन र भ्रष्टाचारको जालो तोड्न आग्रह गरे।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्