Kathmandu Press

लुम्बिनी प्रदेश सरकार विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

मुख्यमन्त्री चौधरीले आज दाङबाट निर्वाचिन कांग्रेसका राजु खनाल, बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिर र रुपन्देहीबाट निर्वाचित जनमत पार्टीका चन्द्रकेश गुप्तालाई मन्त्री बनाउँदैछन्।
लुम्बिनी प्रदेश सरकार विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं, जेठ ८ : लुम्बिनी प्रदेश सरकार आज विस्तार हुने भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३ जना मन्त्री थपेर आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

जसअनुसार आज कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई मन्त्री बनाउने तयारी मुख्यमन्त्री चौधरीको छ। दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ता मन्त्री बन्ने छन्।

खनाल कांग्रेस, अहिर जसपा र गुप्ता जनमत पार्टीबाट मन्त्री बन्न लागेका हुन्।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन्।

आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी मुख्यन्त्री चौधरकिो छ।

प्रकाशित मिति: १०:४८ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्