संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।
काठमाडौं, जेठ ८ : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।
राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुँदै छ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०, ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











