नीति तथा कार्यक्रममा नयाँ सोच, संकल्प र प्रतिबद्धता छ : सांसद जनार्दन शर्मा
‘आग्रह र पूर्वाग्रहबाट होइन, यथार्थ धरातलमा टेकेर हेर्ने हो भने यो मार्गदर्शक हो। वर्तमानमा नीतिगत संरचनागत कार्यान्वयनको क्षेत्रमा र प्रतिफलको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आएको छ।’
काडमाडौं, जेठ ७ : सांसद जनार्दन शर्माले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०८०८१ मा नयाँ सोच, संकल्प र प्रतिबद्धता रहेको भन्दै समर्थन गरेका छन्।
‘आग्रह र पूर्वाग्रहबाट होइन, यथार्थ धरातलमा टेकेर हेर्ने हो भने यो मार्गदर्शक हो। वर्तमानमा नीतिगत संरचनागत कार्यान्वयनको क्षेत्रमा र प्रतिफलको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने गरी यो नीति तथा कार्यक्रम आएको छ,’ प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले भने।
उनले नीति तथा कार्यक्रम सरकारले तयार गरेको भन्दै आशंका गर्ने ठाउँ नभएको दाबीसमेत गरे। उनले नीति तथा कार्यक्रममा सबै योजना समावेश हुन नसक्ने भन्दै मूलभूत रूपमा यसले राज्यका अगाडि भएका मुख्य चुनौतीहरूको कसरी सामना गर्ने र कसरी अगाडि बढाउने र के लक्ष्य राख्ने भन्ने राखेको बताए।
प्रकाशित मिति: २०:१९ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











