Kathmandu Press

पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति, प्रहरीले आज प्रतिवेदन नबुझाउने

सरकारी वकिलसँग समन्वय गरेर काम भइरहेकाले आइतबार राति काम सकेर सोमबार बिहान प्रतिवेदन बझाइने प्रहरीले जनाएकाे छ।
पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति, प्रहरीले आज प्रतिवेदन नबुझाउने

काठमाडौं, जेठ ७ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

आइतबार अदालतले पक्राउ परेकाहरुलाई मंगलबारसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पा, विचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, सन्दीप रायमाझी, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन्।

यस्तै, प्रहरीले प्रहरीले आइतबार पनि सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन नबुझाउने भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार सरकारी वकिलसँग समन्वय गरेर काम भइरहेकाले आइतबार राति काम सकेर सोमबार बिहान प्रतिवेदन बझाउने बताए।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरी जिल्ला अदालतमा मुद्दा पेश गर्छ।

प्रकाशित मिति: १९:२४ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्