आङटावाविरुद्ध ५ जनाले दिए किटानी जाहेरी
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै आफूहरुसँग रकम असुलेर ठगी गरेको भन्दै दोलखाका ५ जनाले शेर्पाविरुद्ध जाहेरी दिएका हुन्।
काठमाडौं, जेठ ७ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्रउ परेका कांग्रेस पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै आफूहरुसँग रकम असुलेर ठगी गरेको भन्दै दोलखाका ५ जनाले शेर्पाविरुद्ध जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो।
शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ। पक्राउ पुर्जी जारी भएपछि आङटावा जेठ १मा आफैं प्रहरी कार्यालय पुगेका थिए।
प्रकाशित मिति: १९:१९ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार