Kathmandu Press

बझाङमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र २ घाइते

आइतबार बिहान गएकाे हिमपहिरोमा परी उक्त घटना भएकाे र  घटनास्थलतर्फ प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ।
बझाङमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र २ घाइते

धनगढी, जेठ ७ : बझाङकाे सुर्मा गाउँपालिका २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा ३ जना बेपत्ता र दुई जना घाइते छन्।

आइतबार बिहान गएकाे हिमपहिरोमा परी उक्त घटना भएकाे र  घटनास्थलतर्फ प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ। घटनास्थल टाढा भएकाले टोली पुग्न समय लाग्ने बताइएकाे छ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको बताइएकाे छ ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन। उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १८:१७ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्