वाग्मती प्रदेशका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज (आइतबार) कांग्रेसबाट ४ जना र नेकपा एसबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
काठमाडौं, जेठ ७ : वाग्मती प्रदेशका नवनियुक्त ६ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज (आइतबार) कांग्रेसबाट ४ जना र नेकपा एसबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्।
कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी र उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन्। कांग्रेसकै रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री बनेका छन्।
नेकपा एसबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका छन्।
वाग्मतीमा २०७९ पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भए पनि राष्ट्रपति निर्वाचनअघि केन्द्रीय गठबन्धन बदलिएपछि फागुन १३ राप्रपा र चैत १० मा एमालेले सरकार छाडेपछि कांग्रेस र नेकपा एसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए।











