Kathmandu Press

सरकारको नीति तथा कार्यक्रममा संघीयता खारेज गर्ने विषय समेट्नुपर्छ : चित्रबहादुर केसी

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्नेमा जोड दिएका हुन्।
सरकारको नीति तथा कार्यक्रममा संघीयता खारेज गर्ने विषय समेट्नुपर्छ : चित्रबहादुर केसी

काठमाडौं, जेठ ७ : सांसद चित्रबहादुर केसीले संघीयता खारेज गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्नेमा जोड दिएका हुन्।

नेपालमा संघीयताविरुद्धको जनमत तयार भइरहेको पनि बताउँदै उनले भने, ‘‘नीति तथा कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ। अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि संघीयताका विरुद्धमा नेपालमा जनमत तयार गइराखेको छ। त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ। त्यसकारणले मौकामै हामी सतर्क हुनुपर्छ।’

अध्यक्ष केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति तथा कार्यक्रममा थप्नुपर्ने प्रस्ताव उनले राखे।

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्