Kathmandu Press

बुद्ध एयरको जहाजमा रहेको भनिएको मुसो भेटियाे

‘मुसा’ देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन-एजेएलमा मुसो फेला परेको हो।
बुद्ध एयरको जहाजमा रहेको भनिएको मुसो भेटियाे

काठमाडौं, जेठ ७ : बुद्ध एयरको जहाजमा रहेको भनिएको मुसो भेटिएको छ।

‘मुसा’ देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन-एजेएलमा मुसो फेला परेको हो। यात्रुले देखेको बताएपछि जहाजमा मुसो शनिबार चेकजाँचका क्रममा फेला नपरेपछि जहाज उडाइएको थिएन।

आइतबार बिहान ट्रयापमा मुसा भेटिएको र जहाजको सम्पूर्ण चेकजाँच गरिएको बुद्ध एयरले जनाएको छ।

आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले जहाजलाई काठमाडौं ल्याएको छ। जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिनेसमेत बुद्धको भनाइ छ।

बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउनसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्