नीति तथा कार्यक्रममाथि तीनवटा संशोधन प्रस्ताव
नीति तथा कार्यक्रममा सांसदहरु विमला राई पौडेल, विमला घिमिरे र तुलसाकुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
काठमाडौं, जेठ ७ : आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ।
नीति तथा कार्यक्रममा सांसदहरु विमला राई पौडेल, विमला घिमिरे र तुलसाकुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
पौडेलले विभिन्न शीर्षकममा विस्तृत् संशोधन प्रस्ताव राखेकी छन् भने दाहालले कृषि क्षेत्र, वित्तीय हस्तान्तरण र स्थानीय तहसम्बन्धी केही नीतिमा संशोधन राखेकी छन्।
घिमिरेले रासायनिक मल सुनिश्चितता गर्नेगरी नीति तथा कार्यक्रम हुनुपर्ने उल्लेख गरेकी छन्।
प्रकाशित मिति: १४:३९ बजे, आइतबार, जेठ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार